5 years ago
February 18, 2020
कुश्मा (हाम्रो खेलकुद)– गण्डकी प्रदेशको पर्वतमा बुधबारदेखि शुरु हुने चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने भएको छ ।
रेडियो दिदिबिहिनीले १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा विगत तीन वर्षयता, महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आइरहेको छ । चौथो संस्करणमा ५ टोलीको सहभागिता रहने रेफ्री संयोजक अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरले जानकारी गराए ।
लिग कम नकआउटका आधामा हुने प्रतियोगितामा सहभागी ५ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब रहेका छन् । समूह ‘बी’ मासाबिक उप विजेता होङ्ग्वान्जी न्यु डायमण्ड स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब र आयोजकको टोली रहेको छ । प्रतियोगिता बुधबारबाट पर्वतस्थित जलजला गाउँपालिका–३ मा सुरु हुने छ ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजककी अध्यक्ष कल्पना चापागाईले बताइन् । सम्मेलनमा महोत्सवकी अध्यक्ष कल्पना चापागाईंले ७७ लाख बजेट रहेको महोत्सवको महिला भलिबलका लागि अनुमानित १५ लाख लाग्ने बताइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]