5 years ago
February 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियायाली खेलकुदका पदक जित्ने आफ्ना खेलाडीलाई सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले पुरस्कृत गरेको छ । एपिएफका विभिन्न खेलबाट ८० खेलाडीले पदक जितेका थिए ।
जसमा ८ स्वर्ण, १५ रजत र २२ कास्य पदक रहेको छ । एपिएफले झन्डै २५ लाख रुपैयाँ पुरस्कारमा वितरण गरेको छ । एपिएफको प्रधान कार्यालय हल चोकमा आइतबार आयोजित कायक्रममा महानिरिक्षक शैलेन्द्र खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षकद्वयय पुष्पराम केसी र रामशर पौडेलले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
सागमा स्वर्ण पदक जित्नेलाई १ लाख, रजत जित्नेलाई ५० हजार र कास्य जित्नेलाई २५ हजार रुपैयाँबाट सम्मानत गरिएको थियो । त्यस्तै सामूहिक खेलमा दुई वा दुई भन्दा बढि विधातर्फ सहभागी भई पदक जित्नेलाई प्रतिव्यक्ति स्वर्ण तर्फ ५० हजार रुपैयाँ, रजततर्फ २५ हजार रुपैयाँ र कास्यतर्फ १५ हजार रुपैयाँ थप पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा जुनियर एसियन एथ्लेटिक्स च्याम्पियनसपिमा स्वर्ण पदक विजता अजितकुमार यादवसहित ४ प्रशिक्षकलाई पनि नगद पुरस्कारबाट सम्मान गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्रचार्य, एनआईसी एसीया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अग्नी ईनकर्पोरेट प्राली (महिन्द्रा) का प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद शर्मा पौडेलले पनि खेलाडीलाई सम्मान गरेका थिए ।
मंसिर १५ देखि २४ गते सम्म नेपालमा भएको १३ औं सागमा नेपालले पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो । सन् १९८४ बाट सुरु भएको साग इतिहासमा नेपालले यसपटक सर्वाधिक ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।
सरकारले व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई ९, रजतलाई ६ र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । समूहगत खेलको हकमा भने स्वर्ण विजेता टोलीक हरेक सदस्यलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेपनि रजत र कास्यको पुरस्कार रकम घोषणा गर्न बाँकी छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]