default_image

5 years ago

February 16, 2020

सेन्ट्रल जोन भलिबल सरेपछि प्रशिक्षण रोकिने !

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा आयोजना हुने भनिएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप ६ महिना भन्दा लामो समयपछि सर्ने भएपछि राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षण रोकिने भएको छ ।

छैटौं संस्करण चैतको ९ देखि १५ गते सम्म आयोजना गर्ने तय भएपनि बंगलादेश भलिबल संघले तत्काल च्याम्पियनसिप गर्न नसक्ने जानकारीसहितको पत्र पठाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् ।

नयाँ मिति अनुसार अब २०७७ को भदौ २० गतेबाट च्याम्पियनसिपको आयोजना हुने चन्दले जानकारी दिएका छन् । संघले दुई साता अघिबाट १८ खेलाडीलाई समावेश गराउँदै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गरेको थियो ।

महासचिव चन्दका अनुसार सोमबारबाट बन्द प्रशिक्षण रोकिनेछ । छनोटमा परेका सबै १८ खेलाडी तीन विभागका हुने । ‘भोलीबाट खेलाडीहरु आ आफ्नो विभाग फर्कनेछन्,’उनले भने,‘ अब च्याम्पियनसिपको दुई महिना अगाडि पुनः हामीले खेलाडीलाई प्रशिक्षणमा बोलाउनेछौं ।’

उनको अनुसार पुनः कुनै छनोट प्रतियोगिता पनि आयोजना हुन सक्ने सम्भावना रहेको बताएका छन् । नेपालले यहि सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्य पदक जितेको थियो ।

नेपालको पुरुष टोलीले भलिबलमा जितेको त्यो अहिले सम्मकै एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता हो । सेन्ट्रल जोनको पाँचौं संस्करण नेपालले यसै वर्ष काठमाडौंमा आयोजना गरेको थियो । त्यसमा भने नेपाल सेमिफाइनल पनि पुग्न सकेन ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.