5 years ago
February 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई आफ्नो नगरपालिका कावासोतीबाट सम्मानित भएका छन् । मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बीच भलिबलमार्फत देशको प्रतिनिधित्व गरेको भन्दै कावासोतीले उनलाई नगरसहित कदर पत्रले सम्मान गरेको हो ।
तर, हाल राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षमा रहेका कारण उनले कार्यक्रममा भने आफु उपस्थित हुन नसकेको बताए । उनको तर्फबाट मामा माइजुले सम्मान ग्रहण गरेका थिए । कावासोती वडा नं ३ का स्थायी बासिन्दा मानबहानुरलाई नगरपालिकाले १० हजार १ सय २५ रुपैयाँ समेत प्रदान गरेको थियो ।
नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका अवसरमा शनिबार उनलाई सम्मान गरिएको हो । त्रिभुवन आर्मी क्लबका समेत महत्वपूर्ण सदस्य रहेको मानबहादुर नेपाली पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल च्याम्प्यिनसिपका कास्य पदक जित्दा त्यसको सदस्य थिए । नेपालले पुरुष भलिबल टोलीले अन्तर्राष्ट्रिय पदक जितेको त्यो एकमात्र पदक हो ।अहिले पनि नेपाली टोली सेन्ट्रल जोनको लागि प्रशिक्षणमा व्यस्त छ । जसमा मानबहादुर पनि समेटिएका छन् ।
१३ औं सागमा नेपालका पुरुष र महिला टोलीले भलिबल र बीच भलिबलमा प्रतिस्पर्धा गरेको थियो । तर, नेपालको महिला टोलीले मात्र रजत पदक जित्न सक्यो । महिला टोलीले पहिलो पटक सागको फाइनल खेल्दै रजत पदक जितेको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]