default_image

5 years ago

February 13, 2020

एपिएफ टोली प्रतिभाको घरमा

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा मालीलाई स्वास्थ्य लाभको कामना गर्न नेपाल एपिएफ क्लबको महिला टोली बिहीबार उनको घर पुगेको छ ।

ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनको उपाधि रक्षा गरेको भोली पल्ट एपिएफको पुरै टोली नैकापस्थित प्रतिभाको घर पुगेको थियो । प्रतिभाको न्यू डायमण्ड क्लब भने डबल लिगमा चौथो स्थानमा सिमित भएको थियो । एपिएफ टोलीका साथ प्रशिक्षक महेश चौधरी र व्यवस्थापक विजय केसी पनि प्रतिभाको घर पुगेका थिए ।

एपिएफकी कप्तान विनिता बुढाथोकीले क्लबको मात्र नभइ देशकै राम्रो खेलाडीलाई स्वास्थ्य लाभको कामना गर्न गएको बताइन् । ‘उनलाई भेट्दा खुसी लाग्यो,’ उनले भनिन्, ‘प्रतिभालाई पनि पक्कै खुसी लाग्यो नै होला ।’

तर, यो घटनाबाट आयोजक र सम्बन्धित निकायले खेलाडीको विमाका बारेमा गम्भिरतापूर्वक सोच्नु पर्ने बेला भएको बताइन् । ‘खेलाडीलाई चोट यसअघि पनि लाग्थ्यो । भोलीका दिनमा पनि लाग्छ,’ उनले भनिन्,’ तर सबै खेलाडीले यहि खालको उपचार नपाउन सक्छन् । त्यसैले आयोजक र सम्बन्धित सबैले खेलाडीको विमाका विषयमा सोच्न अब ढिला गर्न हुन्छ । राम्रो उपचार भएन भने खेलाडीको खेल जीवन नै सकिने खतरा हुन्छ ।’

एपिएफको पुरै टोली आउँदा प्रतिभाले असाध्यै खुसी लागेको बताइन् । ‘कोर्ट बाहिर उहाँहरु विरोधी टोलीको खेलाडी भन्ने महसुस नै कहिल्यै हुँदैन । जबदेखि म राष्ट्रिय टोलीमा छु त्यति बेलादेखि एउटा अलग्गै सामिप्यता छ,’ उनले भनिन्, ‘सबै आउनु भयो, एकदम खुसी लाग्यो । सिस्टरहुड फिल हो ।’

उनले अस्पतालमा रहँदा राष्ट्रिय पुरुष टोलीका एवंम् नेपाल पुलिस क्लबका कप्तान इम राना, पुलिस र राष्ट्रिय टोलीकी कमला पुनलगायतका खेलाडी पदाधिकारी भेट्न आउँदा पनि आफ्नोपन महसुस गरेको सुनाइन् । माघ १० गते आरबिबी एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपमा एपिएफविरुद्धकै फाइनल खेल्ने क्रममा प्रतिभाको बायाँ घुडामा चोट लागेको थियो । सोही दिन त्रिपरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार गराएकी प्रतिभा १७ दिनपछि सोमबार डिस्चार्ज भइकी थिइन् ।

अघिल्लो आइतबार सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठ र घुँडाका र्सजन डा. रुपेश बैद्यको नेतृत्वमा उनको घुँडाको शल्यक्रिया भएको थियो । डा। श्रेष्ठले शल्यक्रिया सफल भएको र त्यसपछि गर्न मिल्ने जति फिजियो सुरु गरिसकेको जानकारी दिएका थिए । एपिएफविरुद्ध फाइनल खेलको तेस्रो सेटमा २२–२० को अग्रता बनाएको स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो ।

ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम दिन बुधबार आफ्नो मन्तव्य राख्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सचिव रमेशकुमार सिलवालले प्रतिभाको उपचारमा लाग्ने सम्पूर्ण खर्च राखेपले बेहोर्ने बताएका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.