5 years ago
February 12, 2020
हेटौडा (हाम्रो खेलकुद)– बागमति प्रदेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना प्रदेशका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरेको छ । काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ गते देखि २४ गते सम्म १३ औं साग आयोजना भएको थियो ।
बागमति प्रदेशले राजधानी हेटौडामा आयोजित कार्यक्रममा स्वर्ण पदक जित्ने ४० खेलाडीलाई जनही १ लाख, रजत पदक जित्ने ४७ जनालाई ५० हजार र कास्य पदक जित्ने ७६ जना खेलाडीलाई प्रदेश सरकारले २५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको थियो । बागमगतीका मुख्य मन्त्री डोरमणी पौडेललगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
नेपालले सागमा अहिले सम्मकै सफल नतिजा निकाल्ने क्रममा पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो । जहाँ नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो । सरकारले पनि खेलाडीलाई पुरस्कार घोषणा गरेको थियो ।
मंसिर २५ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत खेलमा स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ घोषणा गरिएको थियो । समूहगत खेलतर्फ भने स्वर्ण पदक विजेता टोलीका लागि जनही ५ लाख घोषणा गरिएपनि रजत र कास्य पदक विजेता टोलीका लागि पछि घोषणा गर्ने बताइएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]