5 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा चार अलग क्लबका खेलाडीले स्कुटर प्राप्त गरेका छन् । राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी ढोरपाटन लिग च्याम्पियन नेपाल एपिएफकी कप्तान विनिता बुढाथोकी ग्रेट अचिभमेन्ट अवार्ड प्राप्त गरिन् ।
राष्ट्रिय टोलीका तीन सदस्य त्रिभुवन आर्मी क्लबकी सफिया पुन सर्वोत्कृष्ट खेलाडी, होंगान्जी न्यू डायमण्ड एकेडेमीकी सलिना श्रेष्ठ वर्ष खेलाडी र नेपाल पुलिस क्लबकी उषा भण्डारी उदियमान खेलाडी घोषित भइन् । यसै साता उषा एनभिए अवार्डमा पनि उदयमान खेलाडी घोषित भएकी थिइन् ।
ढोरपाटन लिगमा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, न्यू डायमण्डकी अरुण शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिष चौधरी उत्कृष्ट सर्भर, सोही क्लबकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्स घोषित भइन् । च्याम्पियन एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान ७ हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल एपिएफ क्लबले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । फाइनल सरह रहेको खेलमा बुधबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै एपिएफ पुनः च्याम्पियन बनेको हो ।
नयाँ बासपार्कस्थित ढोरपाटन भलिबल कोर्टमा भएको खेलमा एपिएफ २५–२१,२५–२१,२५–१९ ले हराउँदै विजयी भएको थियो । १४ औं तथा अन्तिम चरणको खेलपछि एपिएफको ४१ र दोस्रो भएको पुलिसको ३७ अंक छ ।
त्यसअघि तेस्रो भइसकेको त्रिभुवन आर्मी क्लबले होंगान्जी न्यू डायमण्ड क्लबललाई ३–० को सोझो सेटले हराएको थियो । आर्मी २५–२१,२५–१४ र २५–१४ ले विजयी भएको थियो । ढोरपाटन लिगको तेस्रो स्थानको आर्मीले १४ खेलमा ३० अंक जोड्यो ।
२२ अंकका साथ न्यू डायमण्ड चौथो स्थानमा रह्यो । एपिएफले ४ लाख ५ हजार र पुलिसले २ लाख ५ हजार,आर्मीले १ लाख ५ हजार र न्यू डायमण्डले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । टिकट काटेर भलिबल हेर्ने लक्की दर्शकका चितवनका अनिल बुढाथोकीले मोटरसाइकल प्राप्त गरेका छन् ।
स्कुटर पाउने खेलाडी
बेस्ट प्लेयर – साफिया पुन (आर्मी)
उदियमान खेलाडी – उषा भन्डारी (पुलिस)
वर्ष खेलाडी – सलिना श्रेष्ठ ( न्यू डायमन्ड)
ग्रेट अचिभमेन्ट अवार्ड – विनिता बुढाथोकी (एपिएफ)
उत्कृष्ट
स्पाइकर – सरस्वती चौधरी (एपिएफ)
सेटर – अरुणा शाही (न्यू डायमन्ड)
ब्लकर – सुनिता खड्का (आर्मी)
सर्भर – मनिषा चौधरी (पुलिस)
डिफेन्स – शान्तिकला तामाङ (पुलिस)
प्रशिक्षक – महेश चौधरी (एपिएफ)
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]