5 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । फाइनल सरह रहेको खेलमा बुधबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै एपिएफ पुनः च्याम्पियन बनेको हो ।
नयाँ बासपार्कस्थित ढोरपाटन भलिबल कोर्टमा भएको खेलमा एपिएफ २५–२१,२५–२१,२५–१९ ले हराउँदै विजयी भएको थियो । । १४ औं तथा अन्तिम चरणको खेलपछि एपिएफको ४१ र दोस्रो भएको पुलिसको ३७ अंक छ ।
त्यसअघि तेस्रो भइसकेको त्रिभुवन आर्मी क्लबले होंगान्जी न्यू डायमण्ड क्लबललाई ३–० को सोझो सेटले हराएको थियो । आफ्नो मुख्य खेलाडी प्रतिभा माली विना उत्रेको न्यू डायमण्ड यसपटक भने आर्मीविरुद्ध पहिलो सेटबाहेक कमजोर देखियो ।
प्रतिभा माघ १० गते क्लब आरबिबी एनभिए क्लब च्याम्पियनसपिको फाइनलका दौरान घाइते भएपछि न्यू डायमण्डले उनी विना ढोरपाटन लिग खेल्नु परेको थियो । उनको बायाँ घुँडामा चोट लागेको थियो । घुँडाको शल्यक्रिया गराउनु परेकी प्रतिभा १७ दिनपछि अस्पतालबाट डिस्चार्ज भई अहिले आराम गरिरहेकी छिन् ।
प्रतिभाको अनुपस्थितिमा टोली आर्मीसँग २५–२१,२५–१४ र २५–१४ ले पराजित भएको थियो । प्रतिभासहितको न्यू डायमण्डले पछिल्ला दुई प्रतियोगिताको सेमिफाइनलमा आर्मी टोलीलाई हराएको थियो । पुसको अन्तिममा भएको होंगान्जी न्यू डायमन्ड कप र यसै महिना भएको क्लब च्याम्पियनसिप दुवैको सेमिफाइनलमा आर्मी न्यू डायमन्डसँग पराजित भएको थियो ।
ढोरपाटन लिगको तेस्रो स्थानको आर्मीले १४ खेलमा ३० अंक जोड्यो । २२ अंकका साथ न्यू डायमण्ड चौथो स्थानमा रह्यो । । एपिएफले ४ लाख ५ हजार र पुलिसले २ लाख ५ हजार,आर्मीले १ लाख ५ हजार र न्यू डायमण्डले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]