5 years ago
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको लिग चरणको अन्तिम खेल १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल सरह हुने भएको छ ।
मंगलबार यि दुई टोलीले दोस्रो लिगमा सफलता हात पारेपछि अन्तिम खेल नै उपाधि सरह हुने भएको हो । बुधबार हुने खेलमा जित हात पार्ने टोली १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको च्याम्पियन बन्नेछ ।
खेल दिउँसो १ बजेपछि हुनेछ । त्यसअघि त्रिभुवन आर्मी क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबबीच बिहान ११ बने प्रतिस्पर्धा हुनेछ ।
दोस्रो लिगमा चौथो चरणको खेल सकिदा अपराजित रहेको एपिएफले १३ खेलबाट ३८ अंक जोडेर लिगको शीर्षस्थानमा रहेको छ । एपिएफसँग नै पराजित भएको पुलिसको समान खेलबाट ३७ अंक छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । एकपक्षीय खेलमा एपिएफले २५–१९, २५–१९ र २५–२१ को जित निकाल्यो । अर्काे खेलमा पुलिसले डायमन्डमाथि २५–२२, २५–१९ र २५–८ को सहज जित निकाल्दै उपाधि दावेदारितालाई यथावत राख्न सफल भयो ।
एपिएफसँग पराजित हुनुअघि आर्मीले बुलबुले रारा भलिबल क्लबमाथि २५–१०, २५–१६ र २५–७ को सहज जित निकालेको थियो ।
आर्मीले १३ खेलबाट २७ अंक जोडेको आर्मीले तेस्रो तथा समान खेलबाटै २२ अंक जोडेर डायमन्डले चौथो स्थान हासिल गरेको छ ।
चितवन टाइग्रेसले १८ अंक जोडेर पाँचौ तथा १३ अंक जोडेर बुलबुले रारा भलिबल क्लबले छैटौ स्थान हासिल ग¥यो । पाँचौ भएको चितवनले ५५ हजार तथा छैटौ भएको बुलबुलले ४५ हजार रुपैया प्राप्त गरेको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २ लाख ५ हजार तथा तेस्रो हुनेले १ लाख ५ हजार रुपैया तथा चौथौले ७५ हजार रुपैया हात पार्नेछ ।
देखि छैटौ सम्मले क्रमश ७५ हजार, र ३५ हजार रुपैया पाउनेछन् ।गतवर्ष जस्तै यो वर्ष पनि विभिन्न चार विधा (उत्कृष्ट खेलाडी, उदियमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज) बन्ने खेलाडीले यु एम स्कुटर पाउनेछन् ।
त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक–एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]