5 years ago
February 11, 2020
पोखरा (हाम्रो खेलकुद)– सफल पोखरा म्याराथनको विजेताले बेलायतमा आयोजना हुने म्याराथनमा भाग लिन पाउने भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरा म्याराथन शनिबार हुँदैछ ।
म्याराथनको विजेतालाई बेलायतमा आयोजना हुने कुनै एउटा म्याराथनमा सहभागी गराउने जिम्मा भने पोखरेली मञ्च यूकेले लिएका छन् । म्याराथनलाई सफलता पार्नका लागि मञ्च यूकेका अध्यक्ष मनबहादुर गुरुङसहित झन्डै २० जनाको टोली पोखरा आइसेको छ ।
विजेतालाई बेलायत म्याराथनमा सहभागी हुन लाग्ने सबै खर्च मञ्चले बेहोर्ने अध्यक्ष गुरुङले जानकारी दिए । दुई वटा कारणले विजेतालाई बेलायतमा आयोजना हुने म्याराथनमा सहभागी गराउने लक्ष्य रहेको उनले बताए ।
‘एउटा त पोखरा म्याराथनमा सहभागी हुने हरेक खेलाडीले बेलायतमा गएर प्रतिस्पर्धा गर्न पाउने भएकाले त्यसलाई अवसरका रुपमा ग्रहण गरुन् भन्ने हो,’ मञ्चका अध्यक्ष गुरुङले भने ,‘ अर्को अहिले भ्रमण वर्ष २०२० चलिरहेको छ । एउटा नेपाली धावकले बेलायतमा आफ्नो देशको बारेमा प्रचार गरुन् भन्ने उद्देश्य हो ।’
उनले पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नका लागि पनि यो प्रयास गर्न लागिएको बताए । पोखरेली मञ्चका अध्यक्ष गुरुङले बेलायतमा लण्डन म्याराथनबाहेक अन्य सिटी म्याराथन पनि हुने त्यसमध्ये कुनै एकमा पोखरा म्याराथनका विजेतालाई भाग लिने व्यवस्था मिलाइने बताए ।
‘लण्डन म्याराथनका लागि यो वर्ष सम्भावा भएन । सम्भवत यो वर्ष साउथ ह्याम्टनमा आयोजना हुने म्याराथनमा भाग दिलाउने प्रयाग गर्नेछौं,’ उनले भने,‘ अर्को वर्षदेखि हामी लण्डन म्याराथनकै लागि प्रयास गर्नेछौं । त्यसले गर्दा त्यहाँ हाम्रो देशको कुनै न कुनै रुपमा प्रचार पनि हुनेछ ।’
म्याराथनले देशको पर्यटन व्यवसायमा पनि सहयोग पुग्ने उनको विश्वास छ । शनिबार आयोजना हुने म्याराथनमा अधिकांश तयारी पुरा भएको आयोजक मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]