default_image

5 years ago

February 10, 2020

एपिएफ र पुलिस विजयी, डायमन्डको मिश्रित नतिजा

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार तेस्रो सफलता हात पार्दा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबले मिश्रित नतिजा निकालेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपिएफले डायमन्डलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा लगातार तेस्रो सफलता हात पारेको हो ।

पहिलो सेट २१–२५ ले गुमाएपनि एपिएफले त्यसपछिको तीन सेटमा २५–८, २५–१४ र २५–१६ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । यससँगै अपराजित रहेको एपिएफले १२ खेलबाट ३५ अंक जोडेर शीर्षस्थानलाई यथावत राख्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

एपिएफसँग पराजित हुनुअघि डायमन्डले बुलबुले रारा भलिबल क्लबमाथि ३–१ को सेटमा जित निकाल्न सफल भएको थियो । पहिलो र दोस्रो सेट २५–२२ र २५–१२ ले सहजै आफ्नो पक्षमा पारेको डायमन्डले तेस्रो सेट १८–२५ ले गुमाएको थियो । तर, चौथो सेट डायमन्डले २५–१६ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।यस नतिजापछि १२ खेलबाट २२ अंक जोडेर चौथो स्थानमा यथावत छ । बुलबुले १३ अंक जोडेर छैटौ स्थानमा यथावत छ ।

यस्तै अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले चितवन टाइग्रेसमाथि ३–१ को जित निकालेको छ । पुलिसले चितवनमाथि २५–२३, २५–२१, १७–२५ र २५–२० को सहज जित निकाल्यो । जितसँगै पुलिसले शीर्षस्थानको एपिएफलाई पछ्याइरहेको छ । पुलिसको १२ खेलबाट ३४ अंक पुगेको छ ।

दोस्रो राउन्डमा मंगलबार तीन खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा आर्मी र बुलबुले, पुलिस र डायमन्ड तथा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.