default_image

5 years ago

February 10, 2020

भलिबल स्टार प्रतिभा १७ दिनपछि डिस्चार्ज

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा माली १७ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । आरबिबी एभिए क्लब भलिबल च्याम्पियनसिपको फाइनलका दौरान माघ १० गते चोट लागेयता प्रतिभा अपचारका लागि ब्लु क्रस अस्पतालमा भर्ना भइकी थिइन् ।

बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी अस्पताल भर्ना भइकी थिइन् । गत साता आइतबार सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठ र घुँडाका र्सजन डा. रुपेश बैद्यको नेतृत्वमा उनको घुँडाको शल्यक्रिया भएको थियो । डा. श्रेष्ठले शल्यक्रिया सफल भएको र त्यसपछि गर्न मिल्ने जति फिजियो सुरु गरिसकेको जानकारी दिए ।

‘शल्यक्रिया एकदमै राम्रो भएको छ । उनको घुँडामा जे जति समस्या थियो, त्यसको हामीले रिपेर गरेका छौं,’ डा. श्रेष्ठले भने, ‘उनको विल पावर अत्यन्तै राम्रो छ । ४ हप्ता पछि विस्तारै त्यो खुट्टा टेक्न मिल्नछ । ९ महिनादेखि एक वर्षसम्ममा पुरानै अवस्थामा खेल्न मिल्छ भन्ने विश्वास छ ।’

डा. श्रेष्ठका अनुसार प्रतिभाको घुँडाको एसिएल रिकभर गरिएको छ भने मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल रिपेर गरिएको छ । क्लब च्याम्पियनसिपको फाइनल दौरान चोट बोक्न पुगेकी थिइन् । एपिएफविरुद्ध फाइनल खेलको तेस्रो सेटमा २२–२० को अग्रता बनाएको स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनले घुँडामा चोट लागेको थियो ।

नेपालले कात्तिकमा एभिसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र मंसिरमा स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपटक रजतपदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.