5 years ago
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५ औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार सफलता हासिल गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोट्र्स क्लबको खेल मैदानमा आइतबार भएको खेलमा एपिएफले बुलबुले रारा भलिबल क्लबमाथि २५–१५, २५–१२ र २५–१६ को सहज जित हात पारेको हो । यससँगै एपिएफले ११ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानलाई यथावत राख्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
यस्तै दोस्रो स्थानमा रहेको पुलिसले रारा भलिबल क्लबमाथि २५–१५, २५–१६ र २५–१९ को सहज जित निकाल्दै शीर्षस्थानको एपिएफलाई पछ्याइरहेको छ । जितसँगै पुलिसको ११ खेलबाट ३१ अंक पुगेको छ । दोहोरो हार बेहोरेको बुलबुले १३ अंक जोडेर छैटौ स्थानमा यथावत छ ।
होङ्ग्वान्जी न्यु डायमन्ड स्पोट्र्स क्लबले चितवन टाइग्रेसमाथि ३–२ को हार बेहोरेको छ । डायमन्डले चितवनसँग २७–२५, २४–२६, १४–२५, २५–१७ र ७–१५ को हार बेहो¥यो । डायमन्डलाई हराएको चितवनले आर्मीसँग ३–१ को सेटमा हार बेहो¥यो ।
पहिलो र दोस्रो सेट २१–२५ र २५–२७ ले गुमाएको चितवनले तेस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तर, चौथो सेट २५–१६ ले गुमायो । यससँगै डायमन्ड १० खेलबाट १९ अंक जोडेर चौथो स्थानमा यथावत छ । चितवनको १३ खेलबाट १८ अंक पुगेको छ । आर्मी २४ अंक जोडेर तेस्रो स्थानमा छ । दोस्रो राउन्डमा सोमबार तीन खेल हुने आयोजकले जनाएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]