default_image

5 years ago

February 8, 2020

दोस्रो चरणमा एपिएफ र पुलिसलाई सफलता

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शनिबार भएको खेलमा एपएफले चितवन टाइग्रेसमाथि २५–११, २५–११ र २५–१८ को सोझो सेटमा पराजित गर्दै सफलता हात पारेको हो ।

यससँगै एपिएफले १० खेलबाट २९ अंक जोडेर शीर्षस्थानलाई यथावत राख्न सफल भएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट २५–२० र २५–१७ ले आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट १७–२५ ले गुमाएको थियो ।

तर, चौथो सेटमा पुलिस २५–१३ ले विजयी हुन सफल भयो । जितसँगै पुलिसको १० खेलबाट २८ अंक पुगेको छ । पराजित आर्मी २१ अंकसहित तेस्रो स्थानमा यथावत छ । एपिएफसँग पराजित भएको चितवनले बुलबुले रारा भलिबल क्लबमाथि २५–२०, २५–१२ र २५–१४ को सोझो सेटमा पराजित गरेको छ । यससँगै चितवनले ११ खेलबाट १६ अंक पुगेको छ ।

बुलबुले १३ अंक जोडेर छैटौ स्थानमा झरेको छ । शनिबारै पहिलो राउन्डको अन्तिम खेलमा बुलबुले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । डायमन्डले बुलबुलेमाथि २५–२१, २५–२२ र २५–१२ को सहज जित निकाल्यो । यसँगै डायमन्डले पहिलो राउन्डमा ९ खलेबाट १८ अंक जोड्यो । दोस्रो राउन्डमा आइतबार चार खेल हुने आयोजकले जनाएको छ

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.