5 years ago
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अध्ययनका लागि नेदरल्यान्ड्समा रहेका नेपाली युवा अभिलाष आर्याललाई त्यहाँको ब्याडमिन्टन संघले राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता दिएको छ । लिखित र प्रयोगात्मक परिक्षामा उर्तिण भएपछि उनलाई त्यस्तो मान्यता दिएको हो ।
नेदरल्यान्ड्सको ब्याडमिन्टन लिग, राष्ट्रिय च्याम्प्यिनसिपका दौरानमा उनी प्रयोगात्मक परिक्षामा सामेल भएका थिए । त्यसमा उर्तिण भएपछि उनलाई राष्ट्रिय मान्यता दिएको हो । विदेशी भूमिमा यस्तो मान्यता पाउने उनी पहिलो हुन् । अभिलाष् पूर्व जुनियर खेलाडी हुन् ।
२०६० मा उनले मोरङ जिल्लाबाट राष्ट्रिय प्रतियोगितामा ब्वाइज सिंलमा प्रतिस्पर्धा गरेका थिए । इन्टरनेसलन बिजनेस म्यानेजमन्टको अध्ययनका लागि उनी ५ वर्षअघि नेदल्यान्ड्स पुगेका थिए । उनी नेपालका बिडब्लू सर्टिफाइट इन्टरनेसनल लाइन जज तथा राष्ट्रिय रेफ्री उदय अर्यालका छोरा हुन् ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा जारी पहिलो खो खो विश्वकपमा पुरुषतर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको होसमूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र […]
January 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा फागुन अन्तिम सातामा हुने भएको छ । बुधबार पुरानो बानेश्वरस्थित सायम कलेजमा आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले लिगमा कुल ४ टोलीको सहभागिता रहने जानकारी दिए । चारै टिममा सायममा बीबीए, बीसीएसआईटी र एमबीएमा अध्ययनरत विद्यार्थी रहने छन् । एक […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]