5 years ago
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)- तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबसहित ६ टोली १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
त्यस्तै होङग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब एक खेल कम खेलेको बुलबुले रारा भलिबल क्लब र चितवन टाइग्रसले पनि टप सिक्समा पर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार पहिलो चरणको अन्तिम दिनको खेलसँगै दोस्रो चरणमा पुग्ने ६ टोलीको टुंगो लागेको हो । ढोरपाटन, चुली युवा क्लब, पारामाउन्ट र सेव पहिलो चरणबाट बाहिरिए ।
अपराजित एपिएफले ९ खेलबाट २६ अंक जोड्यो । दोस्रो स्थानमा रहेको पुलिसले २५ अंक जोड्यो । आर्मीले २१ तथा ८ खेल खेलेको डायमन्डले १८ अंक जोड्यो । बुलबुलेको १४ तथा चितवनको १३ अंक छ ।
शनिबार पहिलो चरणको बाँकी रहेको न्यु डायमन्ड र बुलबुलेको खेलसँगै दोस्रो चरणका खेलहरु शुरु हुनेछ ।
शुक्रबार चितवनले ढोरपाटनमाथि २५-४, २५-१५ र २५-१२ को सहज जित निकाल्यो । अर्को खेलमा पुलिसले बुलबुलेमाथि २४-१०, २५-१४ र २५-१९ को सहज जित निकाल्यो ।
यस्तै एपिएफले डायमन्डमाथि २५-१७, २५-१९ र २५-१६ को सहज जित निकाल्दा आर्मीले चितवनमाथि २५-२०, २५-१६ र २५-२१ को सहज जित निकाल्यो ।
अंक तालिका
एपीएफ (२६) ९ खेल
पुलिस (२५) ९ खेल
आर्मी (२१) ९ खेल
न्यु डायमन्ड (१८) ८ खेल
बुलबुले (१४) ८ खेल
चितवन टाइग्रेस (१३) ९ खेल
ढोरपाटन (९) ९ खेल
पारामाउन्ट (३) ९ खेल
सेव (१) ९
खेलचुली (२) ९ खेल
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]