5 years ago
February 7, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता नेपाल पुलिस क्लबकी कोपिला उप्रेतीले अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिने भएकी छिन् । नेपाल भलिबल संघको आयोजनामा शनिबार हुने एनभिए अवार्डमा उनले सन्यासको औपचारिक घोषणा गर्ने भएकी छिन् ।
झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट भलिबल खेलेकी कोपिला नेपाली महिला भलिबल टोलीले दशौं र १२ औं संस्करणमा कास्य पदक जित्दा टोलीकी सदस्य थिइन् । मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा भने उनी बीच भलिबल टोलीमा थिइन् । ‘जति राम्रो खेलाडीले पनि एक न एक दिन सन्यास लिनै पर्छ । अब मैले पनि विश्राम लिने समय आएको छ,’ उनले भनिन्, ‘नयाँ खेलाडीका लागि पनि अब राष्ट्रिय टोलीबाट अलग हुने योजना बनाएकी हुँ ।’
अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएपनि घरेलु भलिबलमा भने अझै केहि समय बिताउने उनको योजना छ । ‘म एउटा संगठनको खेलाडी हु । त्यहाँ टोलीको अवश्यकता अनुसार खेल्नुपर्ने हुन सक्छ,’ उनले भनिन्, ‘टोलीको आवश्यकता अनुसार केहि समय खेल्न सक्छु ।’
खेल जीवनबाट विश्राम लिएपनि उनी भलिबलबाट अलग भने हुन नसक्ने सुनाउछिन् । ‘मेरो लागि भलिबल नै सबै थोक हो । म आज जुन अवस्थामा छु यो सबै भलिबलका कारण सम्भव भएको हो,’ उनले योजना सुनाईन्, ‘आउने दिनमा म भलिबल प्रशिक्षणलाई आफ्नो करियर बनाउन चाहन्छु । मैले आफ्नो खेल जीवनमा प्राप्त गर्न नसकेको सफलता भविष्यमा आफ्नो खेलाडीबाट पुरा भएको हेर्ने इच्छा छ ।’
आउने दिनमा देशका विभिन्न गाँउमा गएर खेलाडीलाई प्रशिक्षण दिने इच्छा रहेको सुनाइन् । ‘समयले कति साथ दिन्छ । म ग्रामिण भेगमा गएर अवसर बाट बन्चितहरुलाई भलिबल सिक्ने वातावरणका लागि काम गर्न चाहन्छु, ‘उनले थपिन्, ‘अवसर नभएका कारण इच्छा भएर पनि खेल्न नपाउने महिला धेरै छन् । विशेष गरि महिला खेलाडी उत्पादनमै काम गर्ने मेरो चाहना हो । ‘
सन् २००६ देखि २०१९ को अन्तिम सम्म पनि उनी राष्ट्रिय टोलीकी सदस्य रहिन् । पाँचथर सुबाङको सामान्य परिवारमा २०३८ सालमा जन्मेकी कोपिलाले २२ वर्षको उमेरमा भलिबल खेल्न सुरु गरेकी थिइन् । ‘मैले जुन उमेरमा खेल जीवन सुरु गरे । अहिलेको हेर्दा त्यो निकै ढिला हो । विद्यालयमै हुँदा प्रशिक्षणको व्यवस्था हुन सके त्यसले राम्रो खेलाडी बन्ने सम्भावना रहन्छ, ‘उनले भनिन्, ‘म आउने दिनमा विद्यालयबाट खेलाडी तयार पार्ने प्रयासमा जुट्न चाहन्छु । ‘
उनले एफआइभिबीको लेभल २ कोचेक कोर्स पनि पुरा गरिसकेकी छिन् । माल्दिभ्स पुगेर व्यवासयिक भलिबलको समेत अनुभव बटुलिसकेकी कोपिलाले घरेलु भलिबलमा दर्जनौ उपाधि जितेकी छिन् । उनले लामो खेल जीवनमा आफुलाई सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेकी छिन् ।
‘काठमाडौं आएपछि मैले जावलाखेलमा प्रशिक्षणको अवसर पाए । त्यहाँबाट सुरु भएको मेरो यात्रा पुलिसतर्फ मोडियो । त्यहाँबाट मैले घरेलु भलिबल हुँदै राष्ट्रिय टोलीको यात्रा तय गरे । वर्षौं खेलें । मेरो लागि यो यात्रा सपना भन्दा कम छैन,’ उनले भनिन्, ‘भलिबलमा सम्भवना देखेर मलाई सहयोग गर्ने सबैको सहयोग प्रति म आभारी छु । फर्केर हेर्दा मलाई केहिमा पछुतो छैन । भलिबल रोज्नु मेरो जीवनको सहि निर्णय थियो । ‘
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]