5 years ago
February 6, 2020
बुटवल (हाम्रो खेलकुद) – रुपन्देही लन टेनिस संघले फागुनमा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । बुटवल देबिनगरस्थित कोर्टमा फागुन ५ गते देखि ९ गते सम्म सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विभिन्न ८ विद्यामा हुने प्रतिस्पर्धामा सय भन्दा बढी खेलाडीको सहभागिता रहने संघका अध्यक्ष संजय श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुष एकल , महिला एकल, पुरुषतर्फ ३५ वर्ष माथि ,४५ वर्ष माथि र ५५ वर्ष माथि, युगलतर्फ पुरुष युगल, ३५ वर्ष माथि र ४५ वर्ष माथिमा प्रतिष्पर्धा हुने संघका सचिव गोपाल ज्ञवालीले बताए ।
झन्डै १७ लाख खर्च हुने प्रतियोगिताको पुरुष एकल र महिला एकल तर्फको विजेताले ५५ हजार, दोस्रोले २५ र तेस्रो खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै पुरुष एकलको ३५ वर्ष माथिको विजेताले ३५ हजार, ४५ वर्ष माथिको विजेताले २५ हजार र ५५ वर्ष माथिको विजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै युगलतर्फ पुरुष जोडी, ३५ वर्ष र ४५ वर्ष माथिको जोडीले समान २० हजार रुपैयाँ पाउनेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]