default_image

5 years ago

February 6, 2020

तारकेश्वरका साग पदक विजेता नगदसहित सम्मानित

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तारकेश्वर नगपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना नगरपालिकाका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । तारकेश्वर को छैटौं नगरसभाका दौरान नगरपालिकाले सागका स्वर्ण पदक विजेतालाई २५ हजार, रजत पदक विजेतालाई २० हजार रुपैयाँले सम्मान गरेको थियो ।

स्वर्ण पदक जित्नेमा करातेका अनु अधिकारी र सुनिता महर्जन, साइक्लिङकी निष्मा श्रेष्ठले समान २५ हजा र सम्मान पत्रसहित सम्मान भएका थिए । त्यस्तै रजत पदक विजेता फेन्सिङकी कमला श्रेष्ठ, उसुकी मिना ग्ल्यान र विश्व बुढा मगरले समान २० हजार रुपैयाँ प्राप्त गरे ।

काठमाडौ, पोखरा र जनकपुरमा मंसिर २४ गते सम्पन्न भएको १३ औं सागमा नेपालले इतिहासिक सफलता हासिल गर्ने क्रममा पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरि कुल २ सय ६ पदक जितेको थियो ।

सरकारले व्यक्तिगत रुपमा स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ र कास्य पदक जित्नेलाई ३ लाख रुपैयाँको घोषणा गरेको थियो । समूह गततर्फको स्वर्ण विजेता टोलीका लागि जनही ५ लाख रुपैयाँ दिने घोषणा भएको थियो । समूहगत खेलको रजत र कास्य पदक विजेताका लागि भने घोषणा हुन बाँकी रहेका छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.