5 years ago
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय त्रिभुवन आर्मी क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । आर्मीले आयोजक ढोरपाटनलाई तथा पारामाउन्ट स्कुललाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा दोहोरो जित हात पारेको हो ।
पहिलो खेलमा आयोजक ढोरपाटन स्पोर्टंस् क्लबमाथि २५–९, २५–९ र २५–११ को सहज जित हात पारेको आर्मीले दोस्रो खेलमा पारामाउन्ट स्कुलमाथि २५–१०, २५–२० र २५–३ को सहज जित निकाल्यो । बुधबार दोहोरो जितसँगै आर्मी ७ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ७ खेलबाट ९ अंक जोडेको ढोरपाटन सातौ स्थानमा छ ।
पारामाउन्ट ८ खेलबाट ३ अंक जोडेर आठौं स्थानमा छ । बुधबारै साविक विजेता तथा उपाधि दावेदार नेपाल एपएफ क्लबले अपराजित यात्रालाई निरन्तरता दिने क्रममा तीन इरानी खेलाडी सम्मिलित चितवन टाइग्रेसलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । एक पक्षीय खेलमा एपिएफले चितवनमाथि २५–१०, २५–१८ र २५–१० को सहज जित निकाल्यो ।
अपराजित रहेको एपिएफ ८ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । त्यसअिघ अघिल्ला ३ खेलमा अपराजित रहँदै उच्च प्रदर्शन गरेको चितवन बुलबुले रारा भलिबल क्लबसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो । पहिलो सेट १९–२५ ले गुमाएको चितवनले दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो ।
तेस्रो सेट पनि चितवनले २४–२६ ले गुमाएको थियो । चौथो सेट पुन चितवनले २५–२२ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा धकेलिएको थियो । चितवनले पाँचौ सेट बुलबुलेलाई १४–१६ सुम्पियो । यससँगै बुलबुले ६ खेलबाट ११ अंक जोडेर पाँचौ स्थानमा उक्लादा ५ खेलबाट १० अंक जोडेको चितवन छैटौ स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले सुरुवाती सेट १४–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट २५–१९, २७–२५ र २५–१७ ले जित्न सफल भयो । जितसँगै पुलिसले ७ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा डायमन्ड ६ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा यथावत छ । सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र चुली युवा क्लबले अंकको खाता खोल्न सकेको छैन । लिगमा बिहीबार ५ खेल हुने आयोजकले जनाएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]