5 years ago
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला खेलकुद विकास समिति द्वारा भक्तपुरका खेलाडी बुधबार नगदसहित सम्मान गरेको छ ।
नेकपाका संघिय सांसद महेश बस्नेतले खेलाडीलाई पुरस्कृत गरे । दुई महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई ३० हजार रुपैयाँबाट सम्मान गरियो । त्यस्तै सागका स्वर्ण पदक विजेता उसुकी सुष्मिता तामाङ, तेक्वान्दोकी काजल श्रेष्ठ लाई समान २५ हजार रुपैयाँ प्रदान गरियो ।
सागका रजत पदक विजेता टेबुल टेनिस खेलाडी शिव शुन्दर गोथे, कबड्डीकी यसोधा गिरी , ह्यान्डबलकी देव कुमारी बास्कोटाले समान २० हजार रुपैयाँ प्राप्त गरे । कास्य पदक विजेता भारोत्तोलनकी लक्ष्मी बन, जुडोका शिव राम मकाजु , बास्केटबलका विक्रम जोशीले १५ हजार रुपैयाँ प्राप्त गरे । सोही ओलम्पियन कान्छीमाया कोजु लाई पनि १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]