default_image

5 years ago

February 5, 2020

महिला भलिबलको विश्व वरियतामा नेपालको ठूलो छलाङ

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली पहिलोपटक विश्व वरियताको ८७ औं स्थानमा रहेको छ ।अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) ले यस वर्षको लागि सार्वजनिक गरेको वरियता क्रममा नेपाल ८७ औं पर्न सफल भएको हो ।

यो नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो । वर्ष भरको प्रदर्शका आधारमा वरियता निर्धारण गरिएको एफआइभिबीको बेभसाइटमा उल्लेख छ । अघिल्लो वर्ष नेपाल १ सय २१ औं स्थानमा थियो । वरियता क्रममा नेपालको ५७ अंक छ । फिभले अघिल्लो १ वर्षभित्र गरेको प्रदर्शनको आधारमा एक वर्षको लागि वरीयता निर्धारण गर्ने गर्दछ । वरीयता १ फ्रेब्रुअरी २०२० बाट ३१ जनवरी २०२० मा लागु हुने गर्दछ ।

छिमेकी प्रतिद्धन्द्धी भारत ९७ अंकसहित ५४औं स्थानमा छ । इरान ८९ अंकसहित ६३औं स्थानमा छ । श्रीलंका ७९ अंकसहित ७१आं स्थानमा छ । ५० अंक रहेको अफगानिस्तान १२१औं स्थानमा छ । बंगलादेश, भुटान पाकिस्तान, किर्गिस्थान, मंगोलिया, फिलिपिन्स उज्वेकिस्तान र तुर्केमिनिस्तानको समान ५० अंक छ ।

३ सय ९१ अंक रहेको चीन विश्व वरियताको शीर्ष स्थानमा छ । ३ सय ८२ अंकसहित अमेरिका दोस्रो स्थानमा, ३  सय २८ अंक जोड्दै ब्राजिल तेस्रो स्थानमा छ । इटाली, टर्की, सर्विया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन् ।

नेपाली महिला भलिबल टोलीले पछिल्लो समयमा लगातार उच्च प्रदर्शन गरिरहेको छ । कात्तिकमा बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएके थियो ।

मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पटक रजत पदक जितेको थियो । नेपाली टोली फाइनलमा भारतसँग पराजित भएको थियो ।  यसअघि तीन पटक कास्य पदक जितेको नेपालले सागमा पहिलो पटक रजत पदक जितेको थियो ।

पुरुषतर्फ ५० अंक रहेको नेपाल १ सय ३८औं स्थनमा छ । पुरुषतर्फ ब्राजिल ४ सय २७ अंकसहति शीर्षस्थनमा छ । पोल्यान्ड, अमेरिका, रुस, अर्जेन्टिना, फ्रान्स, इटाली, इरान, जापान र क्यानडा शीर्ष १० भित्र  छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.