5 years ago
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– सफ्टवारिका कलेजका श्यान्टु श्रेष्ठले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे ।
बिएमसीका राजीव चिकनबन्जार तथा आर्दश विद्या मन्दिर (एभिएम) का संयोग कपाली तेश्रो भए । महिला सिंगल्समा लिभरपुलकी सिक्का सुवाल श्रेष्ठले स्वर्ण पदक जितिन् । सिक्काले फाइनलमा लिभरपुलकै अन्जु सुवाललाई ११–४, ११–८, ८–११ र १५–१३ को सेटमा हराउदै पहिलो भइन् । ओजश्वीकी अनुष्का प्रसाईं तथा लिभरपुलकी मन्जु सुवाल तेश्रो भए ।
ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा एभिएमकी इभाना थापा मगरले बाजी मारिन् । फाइनलमा इभानाले ब्लुबर्डकी प्रनिका कुँवरलाई ८–११, ११–७, ११–९, ६–११ र ११–६ को सेटमा पाखा लगाइन् । तोरणकी फुर्कु मोक्तान तथा संस्कृतिकी स्तुती डंगोलले कांस्य जिते ।
यू १६ ब्वाइजमा एभरेष्टका हिमाल विष्टले स्वर्ण जिते । उनले फाइनलमा एभरेष्टकै समिर खत्रीको चुनौती ५–११, ११–९, ११–६ र ११–५ ले पन्छाए । एसआरएसएसका गनन्जय दाहाल तथा प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका रोमन थापा मगर तेश्रो बने ।
यु–१४ ब्वाइज सिंगल्स फाइनलमा पुष्पसदनका सिद्धार्थ तामाङले एभीएमका आयुश भारतीलाई ११–६, ११–६ र ११–१ को सीधा सेटमा पन्छाए । पुष्पसदनका सुप्रिम नेपाली तथा आरुणीका सुशान्त चौलागाईं तेश्रो भए । प्रतियोगिताअन्तर्गत मंगलबारदेखि खुलातर्फ पुरुष र महिला सिंगल्स खेल हुने आयोजकले जनाएको छ ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]