default_image

5 years ago

February 3, 2020

प्रतिभाको घुँडाको सफल शल्यक्रिया

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल स्टार होङ्ग्वान्जी न्यु डायमन्डकी प्रतिभा मालीको घुडाँको सफल शल्यक्रिया भएको छ । प्रतिभाको बायाँ घुडाँको आइतबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा सफल शल्यक्रिया भएको हो ।

सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा घँडाकै सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको घुडाँको शल्यक्रिया गरेका थिए । शल्यक्रिया गर्न करिब ४ घण्टा समय लागेको थियो । डा. श्रेष्ठले अप्रेसन अघि एमआरआई रिपोर्टमा प्रतिभाको घुँडामा तीन वटा मुख्य समस्या रहेको बताएका थिए ।

बाहिरबाट हेर्दा ठिकै देखिएपनि क्लिनिकल्ली रुपमा प्रतिभाको घुडाँको एसिएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी देखिएको थियो । डा. श्रेष्ठले अप्रेसन योजना अनुरुप नै भएको र उनलाई पुरानै अवस्थामा खेलमा फर्कन ९ महिनासम्म लाग्ने बताएका छन् । अब प्रतिभा नियमित रुपमा रिह्याबमा व्यस्त हुनेछिन् ।

प्रतिभा गत १० माघमा पाँचौ संस्करणको आरबीबी एनभिए क्लब च्याम्पियनसिपको फाइनल दौरान चोट बोक्न पुगेकी थिइन् । एपिएफविरुद्ध फाइनल खेलको तेस्रो सेटमा २२–२० को अग्रता बनाएको स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनले घुँडामा चोट लागेको थियो । मैदानमा लड्ने बितिक्कै निकै पिडामा रहेपछि उनलाई स्ट्रेचरमा ब्लु क्रस अस्पताल लगिएको थियो ।

सुरुवाती एक्सरे रिपोर्ट र त्यसपछि एमआरआई गरिएको थियो । एमआरआई रिपोर्टपछि उनको घुडाँको शल्यक्रिया नै गर्नुपर्ने भएको थियो । त्यस दिनदेखि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार गराइरहेकी छिन् ।

नेपालले कात्तिकमा एभिसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र मंसिरमा स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपटक रजतपदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.