5 years ago
January 31, 2020
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लबले ढोरपाटन महिला लिग भलिबलमा विजय यात्रालाई जारी राखेको छ । लिगको दोस्रो दिन शुक्रबार एपिएपले अर्को विभिागिय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–० को सहज जित निकालेको छ ।
गोगंबु बसपार्क नजिकको कोर्टमा भएको खेलमा एपिएफले आर्मीमाथि २५–२२,२५–२२ र २५–१७ को सहज जित निकालेको थियो । आयोजक ढोरपाटन क्लबले दोहोरो जित निकाल्दा होंगान्जी न्यू डायमण्ड स्पोर्टस क्लब, नेपाल पुलिस क्लब र बुलबुले रारा क्लबले पनि जित निकालेका छन् ।
पहिलो खेलमा सेब स्कुललाई २५–१७,२५–२१ र २५–६ ले हराएको ढोरपाटनले दिनको अन्तिम खेलमा चुली युवा क्लबलाई २६–२४,२५–१९ र २५–२१ ले हराएको थियो ।
चोटग्रस्त प्रतिभा माली विना उत्रेको न्यू डायमण्डले चुली युवा क्लबलाई २५–१२,२५–१७ र २५–६ ले हराएको थियो । न्यू डायमण्डले पहिलो दिन पारामाउन्डलाई हराएको थियो । त्यस्तै पुलिस क्लबले सेब स्कुललाई २५–११,२५–१४ र २५–११ ले पराजित गर्यो ।
अर्को खेलमा बुलबुले रारा क्लबले पारामाउन्ट उच्च माविलाई २५–१२,२५–१६ र २५–१५ ले हराएको थियो । ढोरपाटन क्लबको आयोजनमा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]