5 years ago
January 30, 2020
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र होंगान्जी न्यू डायमण्ड स्पोर्टस्स क्लबले बिहीबार सुरु भएको ढोरपाटन महिला लिग भलिबलमा विजयी सुरुवात गरेका छन् ।
गोंगाबुस्थित बसपार्क नजिकैको कोर्टमा सुरु भएको प्रतियोगिताको पहिलो दिन एपिएफले चुली युवा क्लबलाई २५–६,२५–५ र २५–१३ सोझो सेटले हराएको थियो । चुली युवा क्लब त्यसअघि बुलबुले रारा क्लबसँग पराजित भएको थियो । बुलबुले २५–१४,२५–१४ र २५–१७ ले विजयी भएको थियो । आर्मीले सेब स्कुललाई २५–७,२५–४ र २५–८ को सोझो सेटमा हरायो ।
आफ्ना स्टार खेलाडी प्रतिभा माली विना उत्रेको न्यू डायमण्डले पारामाउन्ट स्कुललाई ३–१ ले हराएको थियो । गत शुक्रबार आरबिबी एनभिए क्लब च्याम्पियनसिपको फाइनलका दौरान चोट लागेयता प्रतिभा त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार गराइरहेकी छिन् ।
केहि दिनमा उनको बायाँ घुँडाको शल्यक्रिया गरिने बताइएको छ । उनी विनाको न्यू डायमण्डले पारामाउन्टलाई २५–५,२१–२५,२५–७ र २५–७ ले हराएको थियो । दोस्रो सेटमा नयाँ खेलाडीलाई मौका दिएको न्यू डायमण्ड तीब्र प्रतिस्पर्धाका बीच गुमाएको थियो ।
पछिल्लो समय न्यू डायमण्डबाट खेल्दै आएकी राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही बिहीबार आफ्नो खेल अघि ब्लुक्रस पुगेर प्रतिभालाई भेटेर कोर्टमा पुगेकी थिइन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा जारी १५ औं संस्करणको लिगमा १० टोलीको सहभागिता रहेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]