5 years ago
January 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– चोटग्रस्त स्टार प्रतिभा माली विना नै होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबले ढोरपाटन महिला भलिबल लिग च्याम्पियनसिप खेल्नु पर्ने भएको छ । शुक्रबार आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा एपिएफविरुद्धको फाइनलका दौरान प्रतिभालाई चोट लागेपछि उनी अहिले उपचार गराइरहेकी छिन् ।
बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी शुक्रबार देखि नै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उचार गराइरहेकी छिन् । उनी विना पनि टोलीले च्याम्पियनसिपमा भाग लिने निर्णय गरेको छ । गांगबु बसपार्क नजिकको कोर्टमा बिहीबार ढोरपाटन लिगको १५ औं संस्करण सुरु हुने हुँदैछ । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले लिग पनि न्यू डायमण्डबाट खेल्ने भएकी छिन् । पोखराबाट खेल्दै आएकी उनी पछिल्लो दुई वटा प्रतियोगितामा न्यू डायमण्डबाट खेल्दै आइकी छन् ।
‘टोलीको तयारी पहिलाबाट थियो । बीचमा प्रतिभा घाइते भइन् । सुरुमा प्रतिभा विना नखेल्ने की भन्ने पनि थियो । तर उनीसँगै पनि सल्लाह गर्यौं,’ न्यू डायमण्डका प्रशिक्षक कुमार राईले भने,‘ सबै तयारी भएकाले अन्तिम समयमा आएर छोड्न ठिक हुन्न । हामी सबैले सल्लाह गर्यौं र खेल्ने निर्णय लियौं ।’ बिहीबार पारा माउन्टसँग खेल्दै न्यू डायमण्डले ढोरपाटनको यात्रा सुरु गर्नेछ ।
क्लब च्याम्पियनसिप र त्यसअघि न्यू डायमण्डले गत महिना आयोजना गरेको प्रतियोगितामा उनी सोही क्लबबाट खेलेकी थिइन् । ढोरपाटनमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । न्यू डायमण्डसँगै प्रतिस्पर्धा गर्ने अन्य टोलीमा तीन विभाग (त्रिभुवन आर्मी, नेपाल प्रहरी, नेपाल एपिएफ), बुलबुले रारा क्लब, चितवन टाइग्रेस, चुली युवा क्लब, सेब स्कुल, पारा माउन्ट मावि र आयोजक ढोर पाटन रहेका छन् । पहिलो दिन ४ खेल हुनेछन् । आयोजकले माघ २४ गते सम्मका ४५ खेलको खेलतालिका सार्वजनिक गरेको छ ।
पोखराको ज्ञानुबाबा स्कुल र विभागीय नेपाल एपिएफ क्लब प्रतियोगिताको सर्र्वाधिक सफल टोली हुन् । यि दुई टोलीमा एपिएफले ६ पटक तथा ज्ञानुबाबाले ५ पटक उपाधि जितेका छन् । ज्ञानुबावा दोस्रो देखि छैटौ संस्करण सम्म च्याम्पियन बनेको थियो । त्यसपछि सातौमा पुलिस च्याम्पियन बनेको थियो ।
त्यसपछि ११औं संस्करण सम्म एपिएफ च्याम्पियन बन्दा १२औं संस्करणमा भारतीय खेलाडी सम्मिलित रिड मोडल च्याम्पियन बनेको थियो । १३औं र १४औंमा फेरि एपिएफ नै च्याम्पियन बनेको थियो । नेपाल पुलिस क्लब र रिड मोडल स्कुलले समान एक पटक उपाधि जितेका छन् । पहिलो संस्करणमा भने पुरुषको प्रतिस्पर्धा भएको थियो । जसमा आर्मीले बाजी मारेको थियो ।
यता प्रतिभाको घुँडाको केहि दिनमा शल्यक्रिया गर्ने तयारी भइरहेको छ । सुन्नेको घुँडा पूर्ण रुपमा बसेपछि शल्यक्रिया गरिने उनको उपचारमा संलग्न सिनियर अर्थेपेडिक सर्जन प्रज्वलमान श्रेष्ठले हाम्रो खेलकुद डटकमलाई बताएका थिए । डा. श्रेष्ठका अनुसार प्रतिभाको घुँडामा एसिएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी भएको छ ।
डा. श्रेष्ठसँगै नी सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको उपचार गरिरहेका छन् । डा. श्रेष्ठका अनुसार पुरानै अवस्थामा खेल्नका लागि प्रतिभालाई ८ देखि ९ महिना लाग्छ सक्छ ।
ढोरपाटन लिगमा बिहीबार हुने खेल
बुलबुलेविरुद्ध चुली
सेबविरुद्ध आर्मी
एपिएफविरुद्ध चुली
न्यू डायमण्डविरुद्ध पारामाउन्ट
ढोरपाटन महिला लिग भलिबल प्रतियोगिताको खेल तालिका
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]