5 years ago
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलका समर्थकले केहि समयका लागि राष्ट्रिय टोली र होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबकी स्टार प्रतिभा मालीको खेल हेर्न नपाउने भएका छन् । आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा शुक्रबार नेपाल एपिएफविरुद्धको फाइनलका दौरान घाइते भएकी प्रतिभा त्यस दिनदेखि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना छिन् ।
उनको चोट कस्तो हो भन्ने अझै एकिन भएको छैन । चोटका कारण यसै साता सुरु हुने ढोरपाटन लिग भलिबलमा न्यू डायमण्ड बाट प्रतिभाको खेल हेर्न नपाइने पक्का भएको छ । खेलको तेस्रो सेटमा स्कोर २२–२० को स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो । मैदानमा लड्ने बितिक्कै निकै पिडामा रहेपछि उनलाई स्ट्रेचरमा अस्पताल लागिएको थियो ।
सुरुवाती एक्सरे रिपोर्ट अनुसार उनको घुंडाको हड्डीमा कुनै समस्या देखिएको छैन । न्यू डायमण्डका प्रशिक्षक कुमार राईले भने ‘भित्र रगत जमेको हुँदा उनको लिगाम्नेट वा मेनिस्कसमा समस्या रहेको हुनसक्ने आँकलन गरिएको छ । एमआरआईपछि चोटको गम्भिरता र कति समय लाग्ने थाहा हुन सक्छ । ‘
एमआरआईपछि मात्र उनको चोटको अवस्थाका बारेमा बताउन सकिने चिकित्सकहरुले बताएका छन् । उनको घुँडाको एमआरआई सोमबार हुँदैछ । चोटको गाम्भीर्यता हेर्दा उनले केहि महिना विश्राम गर्नुपर्ने देखिएको छ ।
नेपालले कात्तिकमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जित्दा र मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक रजत पदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]