5 years ago
January 26, 2020
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रतिभा वर्ष पुरस्कारबाट शनिबार सम्मानित भएकी छन् । पोखरा नदिपुरस्थित प्रतिभा माविले अरुणालाई १ लाख रुपैयाँसहित सम्मान गरेको हो । अरुणाको कप्तानीमा नेपालले पछिल्ला दुई प्रतियोगितामा सफलता प्राप्त गरेको थियो ।
कात्तिकमा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो । त्यस्तै. मंसिरमा स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भलिबलमा रजत पदक जितेको थियो । सागमा नेपालले महिला टोलीले यो अहिले सम्मकै सफल नतिजा हो ।
प्रतिभा माविले हरेक वर्ष गण्डकी प्रदेश भित्रका प्रभिावान युवा सम्मान गर्दै आएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अरुणालाई सम्मान गरेका थिए । अरुणा सम्मलित होंगान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले शुक्रबार मात्रै आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको थियो ।
अरुणाले गत वर्ष न्यू डायमण्डबाट दुई प्रतियोगिता खेलेकी थिइन् । यो वर्षपनि उनले न्यू डायमण्डबाट दुई प्रतियोगिता खेलिसकेकी छिन् । गत महिना न्यू डायमण्डले आयोजना गरेको प्रतियोगितामा पनि उनी सोही क्लबबाट खेलेकी थिइन् । त्यसमा पनि न्यू डायमण्ड दोस्रो बनेको थियो । न्यू डायमण्ड दुवै फाइनलमा नेपाल एपिएफ क्लबसँग पराजित भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]