5 years ago
January 24, 2020
काठमाडौं (हाम्रो खेलकुद)– होंगान्जी न्यू डायमण्ड स्पोर्टस क्लबकी प्रतिभा मालि र हेल्प नेपाल स्पोर्टस क्लबका अमित आरबिबी एनभिए भलिबल क्लब च्याम्पियनसिप सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार सम्पन्न च्याम्पियनसिपमा महिलातर्फ नेपाल एपिएफ क्लब र पुरुषतर्फ हेल्प नेपालले उपाधि जितेको थियो । एपिएफले न्यू डायमण्डलाई हराएको थियो । पुरुषतर्फ हेल्प नेपालले एपिएफलाई पराजित गरेको थियो ।
महिलातर्फ प्रतिभाले दोहोरो उपाधि जितिन् । फाइनलमा चोटग्रस्त बनेकी उनी उत्कृष्ट सर्भर पनि चुनिइन् । एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का उत्कृष्ट ब्लकर, एपिएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, न्यू डामण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए ।
त्यस्तै पुरुषतर्फ आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, सोही क्लबका विकास कुमार उत्कृष्ट सेटर, एपिएफका विनोद चन्द उत्कृष्ट लिबेरो, एपिएफका विजय थापा उत्कृष्ट सर्भर र हेल्प नेपालका स्वमभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए ।
सर्वोत्कृष्ट प्रतिभा र अमितले उपाधिसहित २५ हजार तथा उत्कृष्टले जनही १० हजार रुपैयाँ प्राप्त गरे । नेपाल भलिबल संघको आयोजना र राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा माघ ३ गतेदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १० टोलीको सहभागिता थियो ।
आरबिबी एनभिए भलिबल क्लब च्याम्पियनसिपका उत्कृष्ट
महिलातर्फ
सर्वोत्कृष्ट – प्रतिभा माली (न्यू डायमण्ड)
उत्कृष्ट
स्पाइकर –सरस्वती चौधरी (एपिएफ)
ब्लाकर – सुनिता खड्का (आर्मी)
सेटर – विनिता बुढाथोकी (एपिएफ)
लिबेरो– सलिना श्रेष्ठ (न्यू डायमण्ड)
सर्भर – प्रतिभा माली (न्यू डायमण्ड)
प्रशिक्षक– महेश चौधरी (एपिएफ)
पुरुषतर्फ
सर्वोत्कृष्ट – अमित (हेल्प नेपाल)
उत्कृष्ट
स्पाइकर – राजेन्द्र विष्ट (आर्मी)
ब्लकर – याम क्षेत्री (हेल्प नेपाल)
सेटर – विकास कुमार (हेल्प नेपाल)
लिबेरो – विनोद चन्द (एपिएफ)
सर्भर – विजय थापा (एपिएफ)
प्रशिक्षक –स्वमभिराम बलवानसिंह (हेल्प नेपाल)
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]