5 years ago
January 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौं संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधिका प्रतिस्पर्धा गर्दैछन् । खेल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा ४ बजेपछि हुनेछ ।
हेल्प नेपाल भलिबल टोली
बिहीबार भएको सेमिफाइनलमा एपीएफले साविकको विजेता त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । आर्मी भने झन्डै चार वर्षपछि पहिलोपटक फाइनलमा पुग्न असफल भएको हो ।
४ वर्षअघि हेटौडामा भएको राष्ट्रिय भलिबल प्रतियोगिता र काठमाडौंमा भएको पहिलो प्रधानसेनापति राष्ट्रिय भलिबल प्रतियोगितापछि आर्मी हरेक प्रतियोगिताको फाइनलमा पुग्दै आएको थियो । एपीएफ कुनैपनि भलिबल प्रतियोगितामा झन्डै १ वर्षपछि फाइनलमा पुग्न सफल भएको हो । एपीएफले गतवर्ष पोखरामा भएको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनल खेल खेलेको थियो । जहाँ एपीएफ आर्मीसँग नै पराजित भएको थियो ।
एपिएफका राजकुमार निरौला अंक जोडेपछि
त्यसयता, घरेलु भलिबलमा यसअघि आर्मी र पुलिस तथा हेल्प नेपालले फाइनल खेल्दै आएको थियो । अव एपिएफले उपाधिका लागि हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । तीन भारतीय खेलाडी र भारतिय सेनाका नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपालले बिहीबारै नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।
एपिएफले युवा खेलाडीलाई समावेश गरेर टोली तयार पारेको छ । कप्तानमा महेन्द्र श्रेष्ठ रहँदा राज कुमार निरौला, टेकराज अवस्थी, सुनिल घर्तीमगर, विजय थापा, दुर्गा बहादुर सुना र रविन चन्दले एपिएफलाई च्याम्पियन बनाउन सक्ने क्षमता राख्दछ ।
यता, तीन भारतीय खेलाडी घरेलु भलिबलमा उच्च प्रदर्शन गरिहेको भारतीय सेनामा कार्यरत दुई खेलाडीलाई समावेश गरेको हेल्प नेपाल एपिएफलाई पराजित गर्दै च्याम्पियन बन्ने दाउँमा हुनेछ । हेल्प नेपालसँग अमृत केसी, याम क्षेत्री, राजन दर्लामी मगर र कप्तान सुनिल कार्की रहेका छन् । अमित, रियाज र बिकास कुमार भारतीय खेलाडी हुन् । उनीहरुले उच्च प्रदशएन गरिरहेको छ ।
त्यसअघि दुई विभागीय टोली आर्मी र पुलिसले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दैछ । खेल बिहान १० बजे हुनेछ ।
प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ११ टोलीको सहभागिता रहेको छ । विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिला र पुरुषले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दुवैतर्फको व्यक्तिगत विधाहरु लिवेरो, सर्भर, ब्लकर,लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]