default_image

5 years ago

January 23, 2020

पुलिसलाई स्तब्ध पार्दै हेल्प नेपाल फाइनलमा

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल एपिएफ क्लब आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले एपिएफसँगको फाइनल भेट पक्का गरेको हो ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको सेमिफाइनलमा हेल्प नेपालले पुलिसलाई २५–२१,२५–१६ र २५–१५ ले हराएको छ । हेल्प नेपालमा तीन भारतीय खेलाडीको साथ रहेको छ ।

त्यसअघि एपिएफले अर्को विभागिय टोली साविक विजेता त्रिभुवन आर्मी क्लबलाई २५–२२,२५–२२ र २६–२४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

महिलातर्फ होंगान्जी न्यू डायमण्ड र एपिएफबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । न्यू डायमण्डले आर्मी र एपिएफले पुलिसलाई हराउँदै एक अर्कासँगको भेट पक्का गरेका थिए ।

न्यू डायमण्डले आर्मीलाई २५-१५, २५-२२ र २५-१३ ले पराजित गर्यो । त्यसअघि एपिएफले पुलिसलाई २५–१५,२५–१६ र २५–२२ ले हराएको थियो ।दुवैको फाइनल शुक्रबार हुनेछ ।

त्यसअघि दुवैतर्फको तेस्रो स्थानको खेल हुनेछ । नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

क्लब च्याम्पियनसिपमा शुक्रबारका खेल

महिलातर्फको तेस्रो स्थानका लागि

  • पुलिसविरुद्ध आर्मी

पुरुषतर्फको तेस्रो स्थानका लागि

  • पुलिसविरुद्ध आर्मी

फाइनल खेल

महिलातर्फ

  • एपिएफविरुद्ध न्यू डायमण्ड

पुरुषतर्फ

  • एपिएफविरुद्ध हेल्प नेपाल

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.