default_image

5 years ago

January 23, 2020

आर्मीलाई हराउँदै न्यू डायमण्ड फाइनलमा

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विहीबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै न्यू डायमण्डले पुन फाइनलमा एपिएफसँग उपाधिको लागि भेट पक्का गरेको हो ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) न्यू डायमण्डले आर्मीलाई २५-१५, २५-२२ र २५-१३ ले पराजित गर्यो । पहिलो सेटमा न्यू डायमण्डले सहज जित निकालेको थियो ।

दोस्रो सेटमा प्रतिस्पर्धात्मक खेल भएको थियो । एक समय दोस्रो सेटमा २१-२१ को बराबरी अवस्थामा पुगेको थियो । उक्त अवस्थाबाट प्रतिभा मालीले न्यू डाइमण्डलाई लगातार तीन अंकको अग्रता दिलाउँदै जित पक्का गरिन् । तेस्रो सेटमा न्यु डायमण्डले सुरुवाती देखिनै अग्रता लिदै सहज जित पक्का गरे । प्रतिभाको प्रर्दशन उत्कृष्ट रह्यो ।

आजनै भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई २५–१५,२५–१६ र २५–२२ ले हराएको थियो । फाइनल शुक्रबार हुने छ । तेस्रो स्थानको लागि आर्मी र पुलिस भिड्ने छन् ।

आजै हुने पुरुषतर्फको सेमिफाइनलमा आर्मी र एपिएफल तथा पुलिस र हेल्प नेपाल स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.