default_image

5 years ago

January 23, 2020

एपिएफ क्लब च्याम्पियनसिपको फाइनलमा

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लब आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपको फाइनलमा पुगेकोछ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

शुक्रबार हुने फाइनलमा एपिएफले होंगान्जी न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई २५–१५,२५–१६ र २५–२२ ले हराएको थियो ।

आजै हुने पुरुषतर्फको सेमिफाइनलमा आर्मी र एपिएफल तथा पुलिस र हेल्प नेपाल स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक ९आरबिबी० को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.