5 years ago
January 22, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले तेस्रो हार बेहोरेको छ । बुधबार मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ११ रनले पराजित भएको छ ।
१ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । मेलबर्न स्टार्सको लागि कप्तान पिटर ह्यान्ड्सकम्बले ३९ बलमा ६ चौका र २ छक्का सहित ६५ रनको अविजित इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
मेलबर्नले ओपनर निक मडिनसनलाई ७ र मार्कस स्टोइनिसलाई ५ रनमा गुमाएको थियो । निक लरर्किन र ग्लेन म्याक्सवेल समान १९ रनमा आउट भएपछि स्टार्स दबाबमा परेको थियो । विकेटकिपर सेव गच १०, क्लिन्ट हिन्चलिफ र एडम जम्पा ६-६ रनमा आउट भए ।
एडिलेडका पिटर सिडेलले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । वेस अगरले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । राशिद खान र मिचेल नसिरले १-१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको एडिलेडले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।
तल्लोक्रममा जोनाथन वेल्सले ३६ बलमा ४ चौका र २ छक्का सहित ५५ रनमा जोड्दै बलियो योगफलमा पुर्याएका थिए । एलेक्स करिले २१ बलमा १ चौका र ३ छक्का सहित ३३ रन जोडे । म्याथ्यू सर्टले १५ बलमा १ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे ।
फिलिप साल्ट १४ बलमा ४ चौका सहित २२ रनमा आउट भए । मेलबर्न स्टार्सका क्लिन्ट हिन्चलिफले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । ग्लेन म्याक्सवेलको नाममा १ विकेट रह्यो ।
सन्दीपले ३ ओभरमा २४ रन खर्चे पनि कुनै विकेट लिन सकेनन् । टि ट्वान्टीमा ९८ विकेट लिएका सन्दीपले सय विकेट पुर्याउन अर्को खेल पर्खनु पर्ने भएको छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।