default_image

5 years ago

January 22, 2020

एपिएफ क्लब च्याम्पियनसिपको अन्तिम चारमा

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुद्ध टोल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा एपिएफले बुद्ध टोललाई २५–१८,२५–१७ र २५–११ ले हराएको थियो । त्यसअघि अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब पनि अन्तिम चारमा पुगेको थियो ।

आर्मीले मणिमुकुन्द भलिबल क्लबलार्य लाई २५–१९,२५–१८ र २५–१७ ले हराएको थियो । पुरुषतर्फका बाँकी दुई क्वार्टरफाइनल आजै हुनेछन् । नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो । महिलातर्फ भने आज कुनै खेल छैनन् ।

पुरुष र महिला दुवैतफैको सेमिफाइनल बिहीबार र फाइनल शनिबार हुनेछन् । महिलातर्फको सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ र नेपाल पुलिस क्लब तथा होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

पुरुष क्लब च्याम्पियनसिपका आज हुने बाँकी क्वार्टरफाइनलख खेल

  • पुलिसविरुद्ध नयाँ बजार
  • हेल्प नेपालविरुद्ध बुलबुले रारा

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.