default_image

5 years ago

January 20, 2020

पुलिसको पहिलो जित

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । होंगान्जी न्यू डायमण्ड क्लबसँग पहिलो खेल गुमाएको पुलिसले सोमबार ढोरपाटन स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो जित निकालेको हो ।

 

पुलिसले ढोरपाटनलाई २५–५,२५–१५ र २५–८ ले हराएको थियो । केहि दिन अघि सम्पन्न होंगान्जी न्यू डायमण्ड महिला भलिबलमा पनि यी ३ टोली एक समूहमा परेका थिए । अब समूहमा न्यू डायमण्ड र ढोरपाटनबीच अन्तिम खेलपछि सेमिफाइनल पुग्ने  टोलीको टुंगो लाग्नेछ । न्यू डायमण्ड र पुलिसले समान १ खेल जित्दा ढोरपाटनले १ खेल गुमाएको छ ।

सोमबारको अर्को खेलमा भरतपुर महानगरले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–८,२५–९ र २५–१५ ले हराएको थियो । यद्दपी दुवै टोली समूह चरणबाट बाहिरिएका छन् । उक्त समूहबाट साविक विजेता नेपाल एपिएफ र त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगिसकेका छन् ।

January 19, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]

January 19, 2025

खो-खो विश्वकपमा महिला टोली उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा […]

January 19, 2025

गाेर्खा कप पुरुष भलिबलमा १९ टोली

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता आयोजना हुने दोस्रो संस्करणको अजी फाइनान्स गाेर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ मा १९ टोलीको सहभागिता रहने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा अर्काे साता (२६ जनवरी) मा हुने दोस्रो संस्करणको प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ५ गरी १९ टोलीको सहभागिता […]

Success

Thank you for your time.