5 years ago
January 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सहज जितका साथ आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपको यात्रा सुरु गरेको छ । च्याम्पिनसिपको दोस्रो दिन शनिबार एपिएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० ले सहजै हराएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा साविक विजेता एपिएफले २५–४,२५–८ र २५–८ को जित निकालेको थियो । विभागिय टोलीविरुद्ध निकै कमजोर देखिएको जावलाखेलले कुनै पनि सेटमा दोहोरो अंक छुन सकेन । समूह एको आज हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र भरतपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो दिन समूह बीको खेलमा होंगान्जी न्यू डायमण्ड क्लबले नेपाल पुलिस क्लबलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले हराएको थियो । न्यू डायमण्डले १७–२५,२५–१८,२३–२५,२५–१८ र १५–११ ले नतिजा आफ्नो पक्षमा पारेको छ । पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब विजयी भएका थिए ।
च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फको समूह एमा साविक विजेता आर्मी , आरजी र नयाँ बजार सामाजिक क्लब छन् । एपिएफ, बुलबुले र जावलाखेल भलिबल प्रशिक्ष केन्द्र समूह ‘बी’ तथा नेपाल पुलिस क्लब , मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समूह ‘सी’ मा छन् । समूह ‘डी’मा हेल्प नेपाल र बुद्धटोल रहेका छन् ।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । महिलातर्फ दुई विभागिय टोली साविक विजेता नेपाल एपिएफ क्लब, आर्मी, जावलाखेल र भरतपुर महानगर समूह ‘ए’ तथा न्यु डायमण्ड स्पोर्टस क्लब, पुलिस र ढोरपाटन स्पोर्टस्स क्लब अर्को समूहमा छन् । राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।
क्लब च्याम्पियनसिपमा आजका बाँकी खेल
महिलातर्फ
समूह ‘ए’ आर्मीविरुद्ध भरतपुर महानगर (बिहान ११ः३० बजे)
पुरुषतर्फ
समूह ‘ए’ आर्मीविरुद्ध नयाँ बजार ( दिउँसो १ः३० बजे)
समूह ‘सी’ पुलिसविरुद्ध पार्वती भलिबल क्लब (दिउँसो ३ः३० बजे)
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]