default_image

5 years ago

January 17, 2020

क्लब च्याम्पियनसिप भलिबल –गुरुङद्वारा पुरस्कार प्रायोजन

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल जापान भलिबल संघका अध्यक्ष नवीन गुरुङले आजबाट सुरु हुने पाँचौं आरबिबी एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको प्रथम पुरस्कार राशी प्रायोजन गरेका छन् ।

जापानमा रहेर पनि लामो समयदेखि नेपालको भलिबलमा सहयोग पुर्याउँदै आएका अध्यक्ष गुरुङले पुरुषतर्फको पहिलो पुरस्कार २ लाख रुपैयाँ प्रदान गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । नेपालको भलिबल संघको विकास र विस्तारमा सहयोग पुगोस् भन्ने उद्देश्का साथ विभिन्न देशमा गठन भइरहेका सम्पर्क समितिलाई मान्यता दिदै आएको छ ।

संघका महासचिव चन्दले भने ,’देश वा विदेश जहाँ रहेपनि भलिबल विकासका लागि सहयोग पुर्याउने सबैलाई हामी स्वागत गर्न चाहन्छौं । कुनै पनि खेलको विकास एक्लै सम्भव छैन । सबैको सहयोग आवश्यक पर्दछ । विदेशमा रहने नेपालीबाट हामीले लामो समयदेखि यस्तै सहयोग पाइरहेका छौं । ‘

संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुक्रबार सुरु हुने क्लब च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । दुवैतर्फका विजेता टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  आज पहिलो दिन पुरुषतर्फ २ खेल र महिलातर्फ १ खेल हुने संघले जनाएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.