5 years ago
January 12, 2020
सिन्धुपाल्चोक (हाम्रो खेलकुद )– सिन्धुपाल्चोकको सानोसिरुवारीमा जारी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा ६ जिल्ला क्वाटर फाइनल खेलमा प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोक, मकावनपुर, नुवाकोट, रामेछाप, चितवन र सिन्धुली जिल्ला क्वाटर फाइनल खेलमा प्रवेश गरेका हुन् ।
आइतबार भएका पहिलो लिग खेलमा सिन्धुपाल्चोकले भक्तपुरलाई २५–१५ र २५–२२ ले तथा धादिङले दोलखालाई २५–१९ र २५–१७ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो ।
यस्तै चितवनले काभ्रेलाई २५–१६ र २५–१५ को सेटमा तथा नुवाकोटले पनि रामेछापलाई २५–२१ र २५–२३ को सेटमा हराएर क्वाटरफाइनल यात्रा तय ग¥यो ।
सिन्धुपाल्चोकले मकवानपुरलाई २५–९ र २५–१६ को सेटमा हरायो । स्थानीय भदौरे गणेश सामजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सह आयोजनामा भलिबल प्रतियोगिताको विजेताले २ लाख २ हजार २० रुपैंया हात पार्नेछ । दोस्रो हुनेले १ लाख १ हजार १० रुपैंया पाउनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]