default_image

5 years ago

January 12, 2020

आर्मीलाई हराउँदै पुलिस तेस्रो

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगितामा तेस्रो भएको छ । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो भएको हो ।

गोगंबु बसपार्क नजिक ढोरपाटन स्पोर्टस क्लबको मैदानमा आइतबार भएको खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ ले हराएको थियो । जितसँगै पुलिसले १ लाख ५१ हजार १ सय १० रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै आर्मीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आजै नेपाल एपिएफ क्लब र आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबबीच फाइनल खेल हुनेछ । एपिएफ र न्यू डायमण्ड लगातार तेस्रो संस्करणमा फाइनल खेल्दैछन् । पहिलो संस्करण न्यू डायमण्ड र दोस्रो एपिएफले जितेको थियो । पयसपटकको विजेताले ४ लाख १ हजार र दोस्रो हुने टोलीले ३ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.