5 years ago
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब लगातार तेस्रो पटक होङ्गान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । न्यु डायमण्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग एपिएफले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
गोंगाबु बालाजु बसपार्क नजिकको कोर्टमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई शनिबार पहिलो सेमिफाइनलमा ३–० को सोझो सेटमा हराउँदै एपिएफ तेस्रो पटक उपाधि नजिक पुगेको हो । घरेलु भलिबलमा एक छत्र राज गर्दै आएको एपिएफले पुलिसलाई २५–१४,२५–१८,२५–१७ ले हराउँदै फाइनल पुगेको हो । एपिएफ समूह चरणका तीन खेलमा पनि अपराजित रहेको थियो । पुलिस क्लब समूह बीको उपविजेताका रुपमा अन्तिम चारमा पुगेको थियो ।
यसअघिका दुई संस्करणमा एपिएफले एक पटक उपाधि जितेको थियो भने अर्को पटक फाइनलमा पराजय भोगेको थियो । न्यु डायमण्ड कप फाइनल यसअघि दुवै पटक एपिएफ र आयोजक न्यु डायमण्ड स्पोर्टस क्लबबीच भएको थियो । पहिलो संस्करणमा न्यु डायमण्डले उपाधि जितेको थियो । दोस्रोमा एपिएफ च्याम्पियन बन्यो ।
यसपटक पनि एपिएफ र न्यु डायमण्ड अपराजित छन् । आजै हुने अर्को सेमिफाइनलमा न्यु डायमण्डले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । न्यु डायमण्ड समूह बीको विजेता र आर्मी समूह एको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए ।
मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]