default_image

5 years ago

January 10, 2020

चन्द्रागिरी र ललितपुरलाई महानगर कप उपाधि

94 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– चन्द्रागिरी नगरपालिका काठमाडौं र आयोजक ललितपुर महानगरपालिका ललितपुरले पहिलो संस्करणको प्रदेश ३ स्तरीय महानगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी महिलातर्फ र ललितपुर पुरुषतर्फको विजेता बनेको हो ।


ललितपुरस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शुक्रबार भएको महिला तर्फको फाइनलमा चन्द्रागिरीले आयोजक ललितपुर महानगरपालका माथि ३–२ को जित निकाल्दै उपाधि जित्न सफल भएका हो । पहिलो सेट २३–२५ ले गुमाएको चन्द्रागिरीले त्यसपछिको दुवै सेट २५–१९ र २५–१८ ले जित्दै खेलमा २–१ को अग्रता लिन सफल भएको थियो ।

तेस्रो सेट चन्द्रागिरीले २१–२५ ले गुमाएपछि खेल २–२ सेटको बराबरीमा पुग्दा पाँचौ सेटमा लम्बिएका थियो । तर, पाँचौ सेटमा चन्द्रागिरी १५–९ ले विजयी हुन सफल भयो । चन्द्रागिरीमा अधिकांश न्यु डायमन्डका जुनियर खेलाडीहरु रहेको थियो । ललितपुरमा गण्डकी प्रदेश र प्रदेश ५ का खेलाडीहरुको साथ रहेको थियो ।

पुरुषतर्फ फाइनलमा ललितपुरले चौतारालाई २३–२५, २५–२०, २५–२१ र २५–१२ को सेटमा जित पराजित गर्दै उपाधि जित्न सफल भयो । पुरुषतर्फ महालक्ष्मीले कमलामाईलाई नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पा¥यो ।

उपाधि विजेता चन्द्रागिरी र ललितपुरले ट्रफीसहित समान २ लाख रुपैयाँ हात पारे । उपविजेता ललितपुर र चौताराले १ लाख रुपैयाँमा चित्त बुझायो । महिलातर्फ चन्द्रागिरीकी झरना श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित भईन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन् ।

ललितपुरकी सर्मिला नेपाली उत्कृष्ट स्पाईकर, पवित्रा विसी उत्कृष्ट ब्लकर चुनिईन् । चन्द्रागिरीकी प्रतिक्षा गुरुङ उत्कृष्ट सेटर तथा पनामिका राई उत्कृष्ट सर्भर घोषित भइन् । ललितपुरकी विमला सुनुवार उत्कृष्ट डिफेन्डर र चन्द्रागिरीका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए ।

 

पुरुषतर्फ ललितपुरका हरि पाण्डे सर्वोकृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । ललितपुरका योकेन्द्र गुरुङ उत्कृष्ट स्पाईकर चुनिए । महालक्ष्मीका सरद रावल उत्कृष्ट ब्लकर, हरिश बुढाथोकी उत्कृष्ट डिफेन्डर र आयुष खड्का उत्कृष्ट सर्वर घोषित भए ।

चौताराका विश्वास आले उत्कृष्ट सेटर र ललितपुरका मनोज खड्का उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधातर्फका सबैले जनही ५–५ हजार रुपैया हात पारे । विजयी टोली तथा खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पुरस्कृत गरे ।

ललितपुर महानगर स्थापनाको १ सय १ बर्षको उपलक्ष्यमा ललितपुर महानगरपालिकाले प्रतियोगिताको आयोजना गर्दा जावलाखेल भलिबल ट्रेनिङ सेन्टरले प्रतियोगिताको व्यवस्थापन गरेको थियो । १९ पुसबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा ८ गरी २१ टिमको सहभागिता रहेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.