default_image

5 years ago

January 10, 2020

एपिएफ र पुलिसबीच सेमिफाइनल तय

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ । प्रतियोगितामा तीन विभागिय टोली र आयोजक न्यु डायमण्ड स्पोर्टस क्लब सेमिफाइनल पुगेका छन् । अर्को सेमिफाइनल न्यु डायमण्ड र अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

बालाजु बसपार्क नजिक भएको बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा आर्मीलाई हराउँदै समूह एपिएफ विजेता बनेको हो । एपिएफले आर्मीलाई २५–२१,२५–१२ र २५–२१ को सोझो सेटमा हराएको छ । एपिएफले समूह चरणका सबै तीन खेल जितेको थियो । आर्मीले भने एपिएफ बाहेक दुई टोलीलाई हराएको थियो ।

अब समूह एको विजेता एपिएफले बीको उपविजेता पुलिस तथा समूह ए को उपविजेता आर्मीले आयोजक न्यु डायमण्डको सामना गर्नेछ । दुवै सेमिफाइनल शनिबार हुनेछ । बिहीबार नै भएका अन्य खेलमा पारामाउन्ट बोर्डिङ स्कुललाई २५–१८,२५–५ र २५–९ ले हराएपछि एपिएफ र आर्मी अन्तिम खेलअघि नै सेमिफाइनल पुगेका थिए ।

आजै भएको समूह बीको खेलमा पुलिसलाई २५–१९,२५–२३,१७–२५,१६–२५ र १५ –६ ले हराउँदै न्यु डायमण्ड समूह विजेता बनेको थियो । मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ ।

तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

January 21, 2025

खो खो विश्व कप – रजत पदक विजेता दुवै टोलीको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, […]

January 19, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]

January 19, 2025

खो-खो विश्वकपमा महिला टोली उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा […]

Success

Thank you for your time.