default_image

5 years ago

January 10, 2020

एपिएफ र आर्मी सेमिफाइनलमा, समूह विजेताका लागि भिड्दै

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

बालाजु बसपार्क नजिक भलिबल कोर्टमा जारी प्रतियोगिताको समूह ‘ए’ मा समान दुई खेल जित्दै साविक विजेता एएिफ र आर्मी अन्तिम चारमा पुगेका हुन् ।

पारामाउन्ट बोर्डिङ स्कुललाई बिहीबार एपिएफले २५–१८,२५–५ र २५–९ ले हराएपछि टोलीसँगै आर्मी पनि सेमिफाइनल पुगेको हो । आर्मीले यसअघि नै पारामाउन्ट र पोखराको टप्स माविलाई हराएको थियो । एपिएफले पनि टप्सलाई यसअनि नै हराइसकेको थियो ।

पारामाउन्ट र टप्स प्रतियोगिताबाट बाहिरिएका छन् । अब आज दुई विभागिय टोलीबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुँदैछ । बिहीबार यी दुई टोलीबीचको खेल खराब प्रकाशका कारण रद्द भएको थियो । पहिलो सेट एपिएफले आफ्नो पक्षमा पारेको अवस्थामा खेल रोक्नु परकोे थियो ।

अर्को समूहबाट आयोजक न्यु डायमण्ड स्पोर्टस क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेका छन् । आजै भएको समूह चरणको अन्तिम खेलमा पुलिसलाई २५–१९,२५–२३,१७–२५,१६–२५ र १५ –६ ले हराउँदै न्यु डायमण्ड समूह विजेता बनेको थियो । समूह एको विजेताले पुलिस र उपविजेताले न्यु डायमण्डसँग शनिबार सेमिफाइनल खेल्नेछ ।

मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.