5 years ago
January 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक न्यु डायमण्ड स्पोर्टस क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत समूह बीको विजेता बनेको छ । दुई सेमिफाइन पुगिसकेका टोलीबीच शुक्रबार भएको रोमाञ्चक प्रतिस्पर्धामा विभागिय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को जित निकाल्दै न्यु डायमण्ड समूहको विजेता बनेको हो ।
समूहको अर्को टोली ढोर पाटनलाई हराउँदै पुलिस र न्यु डायमण्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए । सेमिफाइनलमा सम्भावित बलियो टोलीलाई छल्नका लागि पनि आजको खेल महत्वपूर्ण थियो । जसमा न्यु डायमण्डले बाजीमा मारेको छ । अब समूह एको उपविजेताले न्यु डायमण्ड र समूह एको विजेताले पुलिसको सामना गर्नेछ ।
अन्तिम तथा निर्णायक सेटमा उच्च प्रदर्शन गर्दै न्यु डायमण्डले पुलिसलाई निराश पारेको हो । अन्तिम सेट डायमण्डले १५–६ ले जितेको थियो । त्यसअघि सुरुवाती दुई सेट न्यु डायमन्डले जितेपनि तेस्रो र चौथो सेट पुलिसले आफ्नो पक्षमा पारेको थियो । रोमाञ्चक मोडमा पुगेको खेलको अन्तिम सेटमा भने पुलिस निकै कमजोर देखियो । खेल अन्ततः न्यु डायमन्डले २५–१९,२५–२३,१७–२५,१६–२५ र १५ –६ ले आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको पहिलो दिन यी दुई टोलीबीचको खेल चौथो सेटमा पुगेर खराब प्रकाशका कारण रद्द भएको थियो । त्यति बेला न्यु डायमन्ड २–१ ले अगाडि थियो ।
बालाजु बसपार्क नजिकको भलिबल कोर्टमा जारी प्रतियोगितामा बिहीबार खराब प्रकाशका कारण रद्द भएको नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबको बीचको खेल आज हुनेछ । त्यसअघि समूहको अर्को खेलमा एपिएफले पारामाउन्ड बोर्डिङ स्कुलको सामना गर्नेछ । समूह एमा आर्मीले दुई खेल जितेको छ भने एपिएफले १ खेलमा एक जित हासिल गरेको छ । दुई विभागिय टोलीबीच आज हुने समूह चरणको अन्तिम खेल समूह विजेता र उपविजेता चुन्नका लागि महत्वपूर्ण हुने सम्भावना छ ।
मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]