default_image

5 years ago

January 9, 2020

महानगर कप भलिबल– ललितपुर दुवैको फाइनलमा

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ललितपुर महानगरपालिका महानगर कप भलिबल प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको उपाधिका लागि भिड्ने भएको छ ।

ललितपर र चौतारा नगरपालिकाबीच पुरुषतर्फको फाइनल हुने भएको छ । यसअघि नै महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर तय भइसकेको थियो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहीबार भएको सेमिफाइनलमा जित निकाल्दै ललितपुर र चौताराले एक अर्कासँगको भेट पक्का गरेका हुन् ।

चौताराले महालक्ष्मी नगरपालिकालाई २५–१४, ३५–३३, १८–२५ र २५–१७ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो । अर्को सेमिफाइनलमा ललितपुरले कमलामाई नगरपालिकालाई २५–१५, २५–१५ र २५–८ को सोझो सेटमा हराएको थियो । महिला र पुरुष दुवैको फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो टोलीले ५० हजार र चौंथोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सेमिफाइनलमा पुग्ने टोलीले समान १५ हजार रुपैयाँ पाउनेछन् । दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.