5 years ago
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत दुई विभागिय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको समूह चरणको खेल रद्द भएको छ ।
बालाजु बसपार्क नजिकको भलिबल कोर्टमा जारी प्रतियोगितामा बिहीबार खराब प्रकाशका कारण पहिलो सेट सकिएपछि समूह ‘ए’को त्यो खेल रद्द गरिएको हो । पहिलो सेटमा एपिएफले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । त्यसअघिको समूह ‘ए’कै अर्को खेलमा पोखराको टप्स माविलाई पारा माउन्ट बोर्डिङ स्कुललाई ३–१ ले हराएको थियो । ३ खेलमा टोलीको टप्सको त्यो पहिलो जित हो ।
बिहीबार रद्द भएको खेलसहित समूह चरणका अन्तिम ३ खेल शुक्रबार हुने आयोजक न्यू डायमण्ड क्लबले जनाएको छ । शुक्रबार पहिलो खेल नेपाल पुलिस र न्यू डायमण्डबीच हुनेछ । त्यस्तै पारामाउन्ट र एपिएफबीच दोस्रो तथा एपिएफ र आर्मीबीच समूह चरणको अन्तिम खेल हुनेछ ।
त्यसअघि समूह चरणका खेलमा विजयी हुँदै आयोजक न्यु डायमण्ड क्लब र नेपाल पुलिस क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए । छन् । ढोरपाटन स्पोर्टस क्लब भने जारी प्रतियोगिताबाट बाहिरिएको छ । बिहान पुलिससँग पराजित भएको ढोरपाटन दिउँसो न्यु डायमण्डसँग हारेको थियो ।
पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० को जित निकालेको थियो । अर्को खेलमा न्यू डायमण्डले ढोरपाटनलाई २५–५,२५–१२ र २५–११ ले हराएको थियो । समूह ‘बी’ मा अब पुलिस र न्यू डायमण्डको नजिताले समूह विजेता र उप विजेताको टुंगो लाग्नेछ । यी दुई टोलीबीच बुधबार चौथो सेटमा पुगेर वर्षाका कारण खेल रद्द भएको थियो ।
बिहीबार नै भएको अर्को खेलमा आर्मीले टप्स माविलाई सहजै हरायो । आर्मी २५–१३,२५–१६ र २७–७ ले विजयी भएको थियो । समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो । बुधबार पारामाउन्टलाई हराएको थियो । टप्सको भने यो दोस्रो हार हो । पहिलो दिन टोली साविक विजेता नेपाल एपिएफ क्लबसँग पराजित भएको थियो ।
वर्षाका कारण पहिलो दिन तय भएका ४ खेलमध्ये २ खेलमात्र भएका थिए । प्रतियोगिता १ दिन पछि परेको छ । अब आइतबार फाइनल हुनेछ । शुक्रबार समूह चरणका बाँकी खेल तथा शनिबार सेमिफाइनल हुने आयोजकले जनाएको छ ।
मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]