5 years ago
January 8, 2020
ललितपुर(हाम्रो खेलकुद)– चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिका महानगर कप भलिबल अन्तर्गत महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका प्रदेश ३ स्तरीय महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गतको महिलातर्फ फाइनलमा भिड्ने भएका छन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको पहिलो सेमिफाइनलमा विदुर नगरपालिका नुवाकोटलाई ३–० को सेटमा पराजित गर्दै चन्द्रागिरी उपाधि नजिक पुगेको हो । एकपक्षीय खेलमा चन्द्रागिरीले विदुरलाई २५–१४, २५–१५ र २५–९ को सोझो सेटमा हरायो ।
बुधबारै ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई २५–१३, २५–१३ र २५–१६ को सोझो सेटमा जित निकाल्दै फाइनलमा चन्द्रागिरीसँगको फाइनल भेट पक्का गरेको हो ।
चन्द्रागिरी र ललितपुरले समूह चणमा पनि प्रतिपर्धा गरेका थिए । जसमा चन्द्रागिरी ३–२ को सेटमा विजयी हुन सफल भएको थियो । महिलातर्फ गोकर्णेश्वरले विदुरलाई पराजित गर्दै तेस्रो स्थान हात पा¥यो । यस्तै पुरुषतर्फको सेमिफाइनल समीकरण पुरा भएको छ । पुरुषतर्फको सेमिफाइनलमा चौतारा र महालक्ष्मी तथा ललितपुर र कमलामाइबीच खेल हुनेछ ।
ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछन् । यस्तै, चौथोले २५ हजार पाउने तथा सेमिफाइनलमा पुग्ने टिमले १५–१५ हजार पाउनेछन् । सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५–५ हजार पाउनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]