default_image

5 years ago

January 8, 2020

आर्मीको सहज जित

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले पनि सहज जितका साथ होङन्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सुरुवात गरेकोको बालाजु बसपार्क नजिकको कोर्टमा बुधबार सुरु भएको प्रतियोगितको दोस्रो खेलमा आर्मीले पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुललाई ३–० ले हराएको छ ।

एकपक्षिय खेलमा आर्मीले २५–६,२५–१८,२५–९ ले विजयी भएको थियो । समूह एकै अर्को खेलमा साविक विजेता नेपाल एपिएफ क्लबले पोखराको टप्स माविलाई २५–११,२५–१० र २५–६ ले हराएको थियो । त्यस्तै समूह ‘बी’मा आयोजक एवंम् साविक उप विजेता न्यु डायमण्ड स्पोर्टस क्लबसहित ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

लिग कम नकआउटका आधारमा हुने खेलपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगितामा कुल १३ खेल हुने आयोजकले जनाएको छ । प्रशिक्षणले मात्रै भलिबल विकासमा पुर्णता पाउने नदेखिको उल्लेख गर्दै न्यु डायमन्डले दुई वर्ष अघिदेखि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ ।

मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.